काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बनेका छन् ।
आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ।’
देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गर्दै नेता नेपालले ओली एमालेको अध्यक्ष नै नरहेको भन्दै कारवाही गर्ने कुनै अधिकार नभएको जिकीरसमेत गरे।
ओलीले आफैँले केन्द्रीय कमिटी भंग गरिसकेकाले कारवाही गर्ने अधिकार नभएको उनको तर्क थियो।
अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए। ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे।
ओलीको यो निर्णयसँगै एमालेभित्र ठूलै पहिरो जाने संकेत देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
