काठमाडौँ । कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो। कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन्।
के खानाका कारण झर्छन् कपाल ?
भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ। यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ।
पेस्ट्रीज र केक
यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ। यसले तीब्र रुपमा कपाल झर्छ।
तारेका खानेकुरा
यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ।
रिफाइन्ड फूड
सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ।
आलू
यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ।
पिज्जा
यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ।
फ्रेन्च फ्राइ
यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन।
मिठाई
यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ।
कार्बोनेटेड ड्रिङ्क्स
सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ। यसले कपाल धेरै झर्छ।
रक्सी
यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
