महिलाले भूलेर पनि नगर्नुहोस् यस्ता गल्ती, नत्र हुन्छ बच्चा जन्माउने क्षमता कमजोर

काठमाडौँ । पछिल्लो समय महिलामा बाँझोपनको समस्या बढ्दै गइरहेको छ। महिलामा बाँझोपन अर्थात बच्चा जन्माउने क्षमता कमजोर हुने कयौँ कारण हुने गर्छन्।

साथै गर्भधारणपछि पनि बच्चा जन्मिने प्रक्रिया लामो हुने गर्छ। यस्तो अवस्थामा महिलाले कयौँ कुरामा ध्यान दिन आवश्यक छ। कहिलेकाही गर्भवतीका क्रममा देखिएका समस्या पनि बाँझोपनको कारण बन्न सक्छन्।

Advertisement

महिलामा बाँझोपनका मुख्य कारण

महिलामा बाँझोपनका मुख्य कारण मध्ये एक कारण प्रजनन प्रणालीको संरचनामा विषमता हुनु हो। कयौँ पटक गर्भाशयमा फेलोपियन ट्युबको संरचनात्मक समस्याका कारण बाँझोपनको समस्या उत्पन्न हुने गर्छ।

कुनै महिलामा अनियमित मासिक धर्मका कारण पनि गर्भधारणमा समस्या उत्पन्न हुने गर्छ। गर्भधारणका लागि मासिक धर्म नियमित हुन आवश्यक छ।

महिलामा कुनै प्रकारको इन्फेक्सन देखियो भने पनि गर्भधारणमा समस्या हुने गर्छ। कयौँ पटक समयमै उपचार नहुँदा वा इन्फेक्शन बढ्दा पनि महिलामा गर्भधारण प्रक्रिया जटिल बन्ने गर्छ।

महिलामा आजभोलि मोटोपनको समस्या तिब्र रुपमा बढिरहेको छ। मोटोपन बढ्दा पनि महिलामा बाँझोपनको समस्या देखिने गर्छ।

आजभोलि महिलाको जीवनशैली परिवर्तन भइरहेको छ। महिलामा पनि अलकोहल र धुम्रपान जस्तो बानी बढिरहेको छ। यस्ता बानीका कारण पनि बाँझोपनको समस्या बढ्ने गर्छ।

More News last news
Loading...