खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीमा जारी

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा जारी छ।

बिहान ११ बजे बस्ने भने पनि बैठक केही ढिलो गरी सुरु भएको थियो । उक्त पक्षमा नेता रघुजी पन्तका अनुसार शुक्रबारको संसदीय दलको बैठकबारे नेताहरुले केन्द्रीय सदस्यलाई ब्रिफिङ गरेका छन् ।

Advertisement

शुक्रबार पनि कलंकीस्थित एक प्यालेसमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुबीच छलफल भएको थियो।

सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएका थिए।

हिजो शुक्रबार नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा नेपाल र खनाल समूहका सांसदहरुको पनि उपस्थिति थियो। तर, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावल भने अनुपस्थित् भएका छन्।

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसअघि चार जना नेतालाई सोधिएको स्पष्टीकरणपत्रको सवालमा पनि चर्चा गरेका थिए।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरणपत्रको जवाफ हेर्दा कारबाहीयोग्य रहेको कुरा बताएको सुनाए।

More News last news
Loading...