यी घरेलु उपाय अपनाउनुहोस्, सधैँका लागि मिल्छ ब्ल्याक हेड्सबाट छुटकारा

काठमाडौँ । व्यक्तिको सुन्दरता मुलतः अनुहारमा केन्द्रित हुन्छ । त्यसैले आफ्नो अनुहार सफा र चमकदार होस भन्ने चाहन्छौ । तर, अनुहारमा आउने दागधब्बाहरुले भिलेन खेलिदिन्छन्।

यसका साथै नाकभन्दा माथि कालो-कालो बिन्दू जस्ता थोप्ला साह्रै नराम्रो देखिन्छ । जसलाई चलन चल्तीमा ‘ब्ल्याक हेड्स’ भनिन्छ । यस्तो कालो थोप्ला टाढैबाट देखिन्छ । अनेक उपाय लगाउँदा पनि यी थोप्ला स्थाईरुपमा हट्दैनन् । यो के कारणले हुन्छ र यसको स्थाई समाधान के हो ?

Advertisement

प्रदुषण मुख्य कारण

नाकमाथि काला थोप्ला बस्नुको प्रमुख कारण वातावरण प्रदुषण हो । प्रदुषणका कारण रौंमा जम्मा हुन्छ र यसको कारण बन्छ। छालाका मसिना प्वालहरुमा मृत्त छाला, धुलो, माटोका काण तथा मैलो जम्मा भइरहन्छ । जसले गर्दा यो छिद्र बन्द हुन्छ र यसमा जम्मा भएको फोहोर कालो कालो बिन्दुका रुपमा प्रकट हुन्छन् ।

नाकमाथि हुने साना छिद्रहरुले मोइस्चर बनाइराख्ने काम गर्छन् । यिनै छिद्रका कारण त्वचा प्राकृतिकरुपमा चिसो रहन्छ । जब यी छिद्र बन्द हुन्छन्, विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ।

चिउँडोको छिद्रमा ध्यान पुर्‍याउनुस

आफ्नो चिउँडोको छिद्रको राम्ररी हेरविचार गरियो भने यो समस्याबाट छुट्कारा मिल्न सक्छ। यसका केही उपाय छन्, जसको अभ्यास गर्नुपर्ने हुन्छ । आउनुस, ती उपायहरुबारे जानौं।

बाफद्वारा सफाई

पोर्स सम्वन्धी समस्या भयो भने यसको समाधानका लागि बाफको सहारा लिन सकिन्छ । बाफद्वारा ट्रिटमेन्ट लिएर बन्द पोर्सर्लाइ फेरि खोल्न सकिन्छ । यो एउटा प्रभावकारी विधि हो । यसले छालालाई फाइदा पुर्‍याउँछ ।

यसरी पनि गर्न सकिन्छ ट्रिटमेन्ट

क्लिन्जरको सहारा पनि लिन सकिन्छ । मनतातो पानीका साथ कुनै सौम्य फेसियल क्लिन्जरको प्रयोग गरौं। आफ्नो अनुहारलाई भिजाएर क्लिन्जरको सहयोगले १ मिनेटसम्म हल्का हातले मसाज गर्नुपर्छ। मसाज गर्ने बेलामा नाक र चिउँडोमा विशेष ध्यान दिनुस र त्यहाँ मसाज गर्नुपर्छ। एक मिनेटपछि तातोपानीले मुख धुनुपर्छ।

दालचिनी र कागती

त्यस्तै दालचिनी र कागती छालाका लागि निकै फाइदाजनक मानिने गरिन्छ। कागतीमा एक ब्याक्टेरियल गुण हुने गर्छ। यसले अनुहारका दाग धब्बा हटाउनमा निकै सहयोग गर्ने गर्छ। दालचिनीले ब्लडसर्कुलेसन गराउने काम गर्छ। जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। तपाई नाकमा देखिएको ब्ल्याक हेड्स हटाउन पनि यसको प्रयोग गर्न सक्नुहुनेछ।

वाफ लिएपछि यसो गरौं

यो प्रक्रिया पुरा गरिसकेपछि आफ्नो अनुहारलाई मुलायम तौलियाले हल्कासँग पुछौँ। यसो गर्दा रौको छिद्र खुल्नेछन् र पोर्स सम्वन्धी स्किनको समस्याबाट छुटकारा मिल्नेछ।

More News last news
Loading...