ओलीले भोलिलाई बोलाए संसदीय दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

दलका नेता ओलीनकट एक सांसदले दिएको जानकारी अनुसार दलको बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बैठक बोलाइएको छ।

Advertisement

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ। यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते विहान बालुवाटारमै बसेको थियो।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक बोलाएको छ।

पार्टी महासचिव ईश्वर पोखरेलको नाममा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोधिएको छ। यो सँगै एमालेभित्रको विवाद मत्थर हुनुको साटो झनै चर्किएको छ।

 

More News last news
Loading...