नेपालमा पछिल्लो २४ घण्टामा थप ४७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, शनिबारको कोरोना नियमित मिडिया ब्रिफिङ अनुसार २४ घण्टामा ६२ जना संक्रमित निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ।

Advertisement

मुलुकभर ८ सय १७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा २१ लाख ८८ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन्।

More News last news
Loading...