काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ।
बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।
यस्तै, बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जाँदैछ।
पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले बिजुलीको लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ।
विद्युत मर्मतको काम गर्नुपर्ने भन्दै प्राधिकरणले पछिल्लो समय दैनिकजसो लाइन काट्दै आएको छ। नियमित बिजुली नहुँदा सेवाग्राही समस्यामा पर्दै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
