मापसे गरी चलाएको कारले कीर्तिपुरमा ९ वटा सवारीलाई ठक्कर दियो

काठमाडौँ । कीर्तिपुरमा एउटा कारले २ वटा स्कुटर, ६ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको छ। ठक्कर दिने कारका चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ।

शुक्रबार राति करिब ८ः३० बजे कीर्तिपुरको नयाँ बजारमा सो सडक दुर्घटना भएको हो। महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी रूपेश तण्डुकारका अनुसार एकतर्फी (वन वे) सडकबाट आएको कारले २ पाङ्ग्रे आठ वटा सवारीसाधन र एक भ्यानलाई ठक्कर दिएको हो।

Advertisement

दुर्घटनामा ३ जना घाइते भएका डीएसपी तण्डुकारले जानकारी दिए। घाइतेको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना गराएका कारचालक चालक भागेका थिए। तर, प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको छ।

More News last news
Loading...