पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ। यस्तै,कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यस्तै ७१ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ।

Advertisement

हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार १ सय ३९ रहेको छ भने मृतकको संख्या २ हजार ६६ पुगेको छ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३७ रहेको छ। ६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...