ओली बिहानैदेखि छलफलमा व्यस्त, स्थायी कमिटी बैठक पनि बस्दै

काठमाडौँ । सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली लगातार आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

भावि रणनीतिका बारेमा उनले आफु निकटस्थ र सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरिरहेको ओली निकट स्रोतले जनाएको छ।

Advertisement

प्रधानमन्त्री ओलीले आजै आफु नेतृत्वको नेकपाको स्थायी कमिटि बैठक पनि बोलाएका छन् । बैठक विहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नै हुने स्रोतले जनाएको छ।

बैठकमा सरकारले र पार्टीले अब खेल्ने भूमिका, पार्टीको विवादलाई अब कसरी आफ्नो पक्षमा पार्न सकिन्छ, आफुहरुका विरुद्धमा हुनसक्ने कदम र त्यसको जवाफ कसरी दिनेभन्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ।

More News last news
Loading...