काठमाडौँ । शहिद कृष्ण प्रसाद पौडेलको स्मृति दिवसका अवसरमा ढोरेली सेवा समाज काठमाडौँले रक्तदान कार्यक्रम सम्पन्न आयोजना गरेको छ ।
आज (शनिबार) ढोरेली समाज काठमाडौँको आयोजना तथा मृगौला उपचार केन्द्र वनस्थलीको सह आयोजनामा राष्ट्रिय मृगौला परीक्षण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सह–आयोजक मृगौला उपचार केन्द्रले उक्त रक्तदान कार्यक्रममा आउनेहरुको निःशुल्क मृगौला परीक्षण समेत गरेको छ।
समाजका अध्यक्ष रण बहादुर राउत (तारा) को सभापतित्वमा भएको रक्तदान कार्यक्रममा प्रमूख अतिथिको रुपमा मृगौला उपचार केन्द्रका प्रमूख कार्यकाली निर्देशक डा. ऋषि कुमार काफ्ले सभागी थिए ।
कार्यक्रममा विशिष्ट अथितिको रुपमा समाजका सल्लाहकार एवं पुर्व सचिब बिष्णु प्रसाद लम्साल सहभागी थिए।
प्रमुख अथिति काफ्लेले समाजले गरेको कामलाई प्राथमिकता दिँदै उक्त केन्द्रले समाजले अग्रसरता लिए मृगौला सम्बधी रोगको निःशुल्क प्रशिक्षण गरिदिने समेत बचन बद्धता व्यक्त गरे ।
यस्तै, विशिष्ट अथिति लम्सालले समाजमा यस सामाजिक संस्थालाई उदाहरणको रुपमा लिन सकिने प्रष्ट पारे।

रक्तदान कार्यक्रममा ८५ जना रक्तदाताहरुबाट रगत संकलन भएको समाजका कोषाध्यक्ष धर्म दत्त अर्यालले नयाँ पुस्तालाई बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
