काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ।
फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो।
तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
