काठमाडौँको यो क्षेत्रमा आज बत्ती जाने

काठमाडौँ । काठमाडौँको रानीबारी क्षेत्रमा आज बत्ती जाने भएको छ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले आज बिहान ३ घण्टाका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

Advertisement

प्राधिकरणका अनुसार बिहान ७ देखि १० बजेसम्म रानीबारी क्षेत्रमा बत्ती काटिनेछ।

निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको। प्राधिकरणले हिजो महाराजगञ्ज वितरण केन्द्रको सामाखुसी फिडरमा पर्ने क्षेत्रको ट्रान्सफर्मर मर्मत गरेको थियो।

त्यस फिडरअन्तर्गत पर्ने गोङ्गबु, सामाखूशी, बानियाँटार, भण्डारी टोललगायत क्षेत्रमा हिजो बत्ती गएको थियो।

More News last news
Loading...