काठमाडौँ । बागमती प्रदेशसभाको बैठक अनिश्चितकाका लागि स्थगित गरीएको छ। आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक बिहान सूचना टाँसेर स्थगित गरिएको हो।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ।
हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति नजुटेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
पुस १० गते प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
नेकपाको विवादले संघीय संसदको प्रतिनिधि सभा विघटन भएपछि प्रदेशसभा बैठक पनि लगातार स्थगित हुँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
