काठमाडौँ । नेपालमा थप १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको छ।
यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस यूके भेरिएन्टको सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा रहेका थप १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा गौतमले जानकारी दिए। उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ।
कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए।
अहिले नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तथा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्यासमेत घटेकाले आत्तिनुनपर्ने उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
