संसद् विघटनविरुद्ध बहसः आजबाट निवेदकका तर्फबाट जवाफी बहस हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट उपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने बिहीबारको इजलासमा बताइसकेका छन् ।

Advertisement

विपक्षी अर्थात् सरकारी पक्षकोे बहस बिहीबार सकिएकोे थियो । उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिने छन् ।

जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले तयारी गरेका छन् ।

त्यसका साथै अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुने कानुन व्यवसायीहरू बताउँछन ।

४ माघबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए।

उनीहरूले १३ दिनको समय लिएपछि सरकारको तर्फबाट सुरुमा बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले पनि त्यति नै दिन आफूहरूलाई पनि चाहिने माग गरेका थिए ।

More News last news
Loading...