मिडिया नेपालले यहि फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्दै

काठमाडौँ । मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ।

आज सोमबार काठमाडौँमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको हो।

Advertisement

राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले बताए।

मिडिया नेपालको देशब्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पनि पौड्यालले बताए।

सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय भएको छ।

More News last news
Loading...