काठमाडौँ । युवातथा खेलकुन्द मन्त्री दावा तामाङले तामाङ समुदायको पहिचान रक्षाका लागि डम्फू र टुङ्नाले उलेख्य भूमिका खेलेको बताएका छन् ।
शनिबार साँस्कृतिक युवा समूहले आयोजना गरेको राष्ट्रिय पर्व मञ्जुश्री सम्बत् २८५७औँ सोनामल्होसारको अवसरमा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
डम्फुले तामाङ संस्कृति र संस्कारलाई चिनाउनमद्दत पु-याएको बताउँदै डम्फु बजाउने मात्रहोईन तागत देखाउने समय आएको मन्त्री तामाङले बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री तामाङले समुदायको आवाजलाई स्थापित गराउन डम्फु प्रतिकको रुपमा रहेकोले साँस्कृतिक बाजा, भाषा, भेषभूषा र तम्बाकाईरन लगायत तामाङको रिमठिमलाई संरक्षण गर्दै साँस्कृतिक सम्पदाको प्रर्वद्धनमा सबैले जोड दिनुपर्ने बताए।
त्यस्तै, संस्कृति तथा पर्यटन पूर्व राज्य मन्त्री पर्शुराम तामाङले पहिचानको अधिकारका आन्दोलनमा संस्कृतिले उल्लेख्य भूमिका खेलेको भन्दै पहिचान र धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताए।
सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय पर्वले तामाङ समुदायको पहिचान देखाउन थप उत्साह उर्जा मिलेको बताए। पहिचानलाई बचाउन आफु मन्त्री भएको बेला खादाबारे भएको भ्रमका विषयमा सदनमै आवाज उठाएर विरोध समेत गरेको बताए।
तामाङ समुदाय मात्र नभई आदीवासी जनजातीको संस्कार र संस्कृति माथी पटक-पटक प्रहार हुने कार्यलाई रोक्न सबै जना एक ढिक्का हुनुपर्ने बताए।

त्यस्तै, काँग्रेस महासमिति सदस्य तथा युवा नेता सार्कीमान लामाले रिमठिम र भाषा संस्कृतिको प्रचारशैलीको अभाव भएको बताए । तामाङ संघ-संस्था तथा अन्य सरोकार राख्ने निकायबाट संस्कृति र नेपाली आदीवासीको मौलिकतालाई जर्गेना गर्नुपर्ने बताए ।
नेता लामाले तामाङ समुदायको कला, संस्कृति, भाषा, मौलिक बाजा तथा भेषभूषा जस्ता विषय वस्तुलाई गहन रुपमा अध्ययन र प्रचार गर्नुपर्ने आवश्यक रहेकोले सम्बन्धित व्यक्ति संघ–संस्थाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा सामाजिक, खेलकुद र कलाकारिता क्षेत्रबाट समुदाय र राष्ट्रलाई योगदान पु-याएका व्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
