ज्ञानेन्द्र र ओली अध्यक्ष रहने पार्टी निर्माण भइरहेको योगेश भट्टराईको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी बन्ने दाबी गरेका छन्।

उनले प्रधानमन्त्रीका सबै कदम त्यतैतिर उन्मुख रहेकोले शाह र ओली अध्यक्ष रहेको पार्टी बने आश्चर्य नहुने पनि बताए।

Advertisement

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुवै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन।’

उनले शाह र ओली एउटै पार्टीको अध्यक्ष रहेको पार्टी बन्ने दिन धेरै टाढा नरहेको पनि दाबी गरे। ‘यी दुवै (ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन’, उनले भने।

ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो।

‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन्।’

प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए।

More News last news
Loading...