नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने डब्लुएचओको घोषणा

काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो।

Advertisement

नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो। फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपणमा उल्लेख छ।

नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन्।

More News last news
Loading...