काठमाडौं । सोमबार प्रधानमन्त्रीको पक्षबाट बहस शुरु हुँदैछ । सरकारी वकिल र प्रधानमन्त्रीको तर्फबाट निजी कानून व्यवसायीले बहस गरेपछि एमिकस क्यूरीले आफ्ना धारणा राख्ने छन्।
नेपाल बार एसोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएशनबाट २ जना एमिकस क्यूरी चयन गरिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए।
आइतबार रिट निवेदकको तर्फबाट बहस सकिएको छ । निवेदकका तर्फबाट ७२ जनाले बहस गरेका छन् ।
निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
