चीनले अनुदानस्वरुप तीन लाख डोज कोरोना विरुद्धको खोप दिने

काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो।

Advertisement

More News last news
Loading...