काठमाडौँ । नेपाली काँग्रेस झापा-काठमाडौँ सम्पर्क समिती क्षेत्र–३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
काठमाडौँको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र–३ बाट काठमाडौँमा आइ बसोबास गर्ने, नेपाली काँग्रेसमा आस्था राख्ने मानिसहरुको बाक्लो उपस्थिति थियो।
नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि र काँग्रेस युवानेता एबम नेबिसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले विशेष अतिथि रहेको कार्यक्रममा नेपाली काँग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितीका अध्यक्षहरु, विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिती थियो।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले संवैधानिक अधिकारनै नभइकन प्रधानमन्त्री केपी शर्मा ओलीले ससद् विघटन गरेकाले त्यसलाई सर्बोच्च अदालतले उल्टाइदिनेमा आफु विस्वस्त रहेको बताए।
साथै सरकारको सबै कामहरुलाई संसद्ले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाइ असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट भएको बताए।
उनले चुनाव गर्ने चाहनाले संसद् विघटन गरेको नभई जनतामा निरासा पैदा गराई अहिलेको ब्यबस्थालाई नै अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री के पी ओली लागिपरेको बताए। उनले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको बिरोध गर्न आग्रह पनि गरे।
करिब ३ घण्टा चलेको अन्तरक्रियामा झापा-काठमाडौँ सम्पर्क समितीका उपसभापती रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईं, काँग्रेस युवा नेता कुन्दनराज काफ्ले लगायत महानुभावहरुले आफना भनाइहरु राख्नु भएको थियो।
कार्यक्रम झापा–काठमाडौ सम्पर्क समिती क्षेत्र–३ का उपसभापती रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
