काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै माघ १५ गतेबाट कृष्ण पाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ।
महाशाखाले कृष्ण पाउरोटी चोकमा प्राईम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो।
नयाँ जडान गरिएको कृष्ण पाउरोटी चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घारटन गरे भने गैह्रिधाराको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र बैंकका सिईओ जनक शर्मा पौडेलले गरे।
ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित उक्त उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए।
हामी ट्राफिक व्यवस्थापनलाईप्रबिधि तर्फलग्ने प्रयासरत छौ, यसको लागी सडक बिभाग बाहेक स्थानिय निकाय, बिभिन्न बैंक बित्तिय संघ-संस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं।
आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको बताए।
कार्यक्रममा बोल्दै प्राईम बैंकका एजिम प्रधानले बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए ।
सनराईज बैंकका सिईओ पौडेललेट्राफिक लाईटको प्रयोगलेट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण रोल खेल्ने बताए। पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको समेतप्रशंसा गरे।
महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ।
ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
