काठमाडौँको दक्षिणकालीमा ट्रक पल्टिँदा चालक र सह-चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको ज्यान गएको छ।

थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाडौँको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको ज्यान गएको हो।

Advertisement

दुवै जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

More News last news
Loading...