पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ४४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।

Advertisement

योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ। देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन्।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ। कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ।

More News last news
Loading...