काठमाडौँ । काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ। तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो।
रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो। भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो।
उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ।
सडकमै बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो। अहिले बसलाई सडकबाट पन्छाएर सवारी सञ्चालन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
