माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट । यसवर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाइ मेला हुने भएको छ।

नुवाकोटका चार ठाउँमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्। नुवाकोटमा गोरु जुधाउने चर्चित ठाउँ तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ।

Advertisement

विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

तारुकाका विभिन्न ठाउँमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो। यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए।

More News last news
Loading...