काठमाडौँ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहका तीन जना नेतालाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समूहका काठमाडौँ सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन्।
प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको भनिएको छ।
काठमाडौँ प्रहरीका डीएसपी प्रमिश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौँ प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
