दोलखा । जिल्लाको दक्षिणी भाग शैलुङ गाउँपालिका-२ भुषाफेदा फेल्थोमाबोधि ज्ञान प्राप्त ज्याङ्छुब छ्योर्तेन निर्माण भएको छ ।
भुषाफेदाको माथिल्लो भाग फेल्थो गाउँबाट करिब ३ दशकपहिले बिबाह गरी सिन्धुपाल्चोक लिसांखुपाखार गाउपालिका–७ ठुलो पाखरमा पुगेकी फुलमाया लामा र उनकी श्रीमान् सिंगे लामाको ब्यक्तिगत आर्थिक लागतमाउक्त छ्योर्तेन बनेको हो।
करिब १७लाख खर्चमा निर्माण सम्पन्न उक्त छ्योर्तेन सिंगे लामाका ससुरा/सासु स्वर्गीय माइते घिसिङ र मातामाइली योञ्जनको सम्झनामानिर्माण गरिएको सिंगे लामाले बताए।
करिब ३ महिना अगाडिदेखि निर्माण सुरु भएको उक्त छ्योर्तेनको शनिवार एक कार्यक्रम गरी उद्घाटन तथा हस्ताणतरण गरिएको छ।
ऐतिहासिक धार्मिक छ्योर्तेन निर्माण सम्पन्न भई बौद्ध धर्मगुरु खेन्पो छेवाङ नोर्वू र खेन्पो कर्मा राम्तेनद्वारा समुदघाटन तथा प्राण प्रतिष्ठान ( राब्ने) गरी स्थानीयलाई हस्ताणतरण गरेका हुन् ।
समुदघाटन तथा प्राण प्रतिष्ठान (राब्ने) धर्मगुरु खेन्पो कर्मा राम्तेनले प्रवचन तथा वाङ दिदैँ छ्योर्तेनको प्रकार र विशेषता बारे प्रष्ट पार्नुभयो ।
छ्योर्तेन स्थापनागर्नु भनेको बुद्धत्व प्राप्तगर्नु सराह रहेको भन्दै निर्माणपछि त्यसको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निभाउन आग्रह गरे ।
छ्योर्तेन सबैको साझा सम्पत्तिको रुपमा लिनुपर्ने र त्यसबाट सकारात्मक आशाको दियो प्रकट गर्ने भएकोले पूजापाठ तथा सरसफाईमा विशेष ध्यानदिनपनि अनुरोध गरे ।
छ्योर्तेन निर्माण पछि स्थानीयहरुमा खुसियाली छाएको छ। छ्यानीमा सहभागी ८५ बर्षिय बेद बाहदुर तामाङले खुसीव्यक्त गर्र्दै अब देखि पितृ मुक्तिको लागिप्रत्येक बर्षाको चैत पूर्णिमा र बुद्ध जयन्तीमाबत्ती (छ्योइमे) बाल्न काठमाडौँ जानु नपर्ने बताए ।
साथै समग्र प्राणी जगतको मुक्तिको लागि समेत छ्योर्तेनले योगदान पु-याउने उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
