काठमाडौँ । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड-माधव नेपाल समूहमा फर्किएका छन्।
यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहेका लामाले आज विज्ञप्ति निकालेर आफू प्रचण्ड–नेपाल समूहको पार्टी संगठनमा यथावत् रहेको जानकारी गराएका हुन्।
यसअघि लामालाई ओली समूहले केन्द्रीय आयोजक समिति सदस्य बनाएको थियो।
बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले आफूले जनमतको कदर गर्दै प्रचण्ड-नेपाल समूहमा नै बस्ने निर्णय गरेको बताएका छन्। उनले प्रचण्ड-नेपाल समूहको पार्टी नै मूलपार्टी भएकोले एकताबद्ध भएर बस्नसमेत हुम्लाबासीलाई आग्रह गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
