संसद् विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगे नेकपा सांसदहरु

काठमाडौँ । नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत गएका छन् ।

नेकपा (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् ।

Advertisement

निवेदनको मस्यौदा गरेका एक अधिवक्ताका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ।

सर्वदलीय छलफलबाट सहमति गराएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन्।

निवेदन पेस भए पनि दर्ता भने भइसकेको छैन।

गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेपछि देशभर त्यसको चर्को विरोध भइरहेको छ ।

More News last news
Loading...