काठमाडौँ । शुक्रबार र शनिबार काठमाडौँका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने भएको हो।
शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा बत्ती जाने भएको हो।
जडान कार्य गर्नुपर्ने हुँदा बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुङ्गेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू शटडाउन हुने प्राधिकरणको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
