काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ।
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए।
चन्द्रागिरी नगरपालिका-१ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउँदा कार्यकर्ताको केही जादैँन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए।
सो क्रममा मन्त्री श्रेष्ठले पाटी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस, हामी कुनै पनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौँ। उनले ‘प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्ने छ। उनले जनताको चाहना अनुसार विकास निर्माणको कामले तिब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए।’
मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्याउने छु। जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भने, ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैँनौ। उनले सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै उनले यदी त्यसो हुन गए तपाईहरुले खबरदारी गर्नुपर्छ।’
कार्यक्रममा वागमती प्रदेशका सांसद् हरिशरण थापाले सरकार र पार्टीलाई बचाउँन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराएका थिए ।

उनले अबको समय विकास निर्माणको समय भएको बताउँँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ, यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।’ उनले स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
