काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन्। यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ भने २४ घण्टामा ६ हजार ५८८ पीसीआर परीक्षण भएका छन्। देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ।
पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन्।
त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
