कपिलवस्तुमा पुर्व राजा समर्थकले गरे बृहत प्रदर्शन

कपिलवस्तु । हिन्दू राज्य र राजतन्त्रको माग गर्दै कपिलवस्तुमा पुर्व राजा समर्थकले बृहत प्रदर्शनी गरेका छन्।

कपिलवस्तुको जितपुरबाट शुरु भएको बाईक र्‍याली सदरमुकाम तौलिहवा पुगेर जिल्ला प्रशसन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो।

Advertisement

कपिलवस्तुबासी जनता आयोजक भनिए पनि राजतन्त्र पक्षधर राप्रपा र शिव सेना नेपालले र्‍यालीको व्यवस्थापन गरेका थिए।

र्‍यालीमा सहभागीले संघियता र गणतन्त्र बिरुद्ध चर्को नाराबाजी गर्दै हिन्दु राज्य सहितको राजतन्त्र ल्याउनु पर्ने माग राखेका थिए।

र्‍याली सहभागीले राष्ट्रभक्तिपुर्ण गितहरुमा नाँचगान समेत गरे। कार्यक्रममा बोल्दै पुर्व मन्त्री प्रकाश चित्रकारले अहिले राष्ट्र र राष्ट्रिय एकता संकटमा परेकाले राजतन्त्रको आवश्यकता खडकिएको बताए।

त्यसै गरि शिव सेना नेपालका राष्ट्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) ले धर्म संस्कृती संरक्षणका लागी अब राजतन्त्र फर्काउन सबै राष्ट्रबादी नेपाली लाग्नु पर्ने बताए।

More News last news
Loading...