काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ ले करीब चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ।
महानगरको निर्वाचनमा मतदाता सामु आफ्नै कार्यालय भवन बनाउने अठोट अनुरुप कार्यालय भवन निर्माण गरी बास्तुपुजा गरिएको हो।
कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले वल्खुुस्थित भुवनेश्वरी मन्दिर नजिकमा भवन निर्माण गरेको हो।
दुुई वर्षको समयमा निर्माण भएको भवनमा करिव २ सय ५३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त भवन चार तल्ला छ।
भूमिगत तल्लामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन बास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ।
भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिका कक्षलाई समेत व्यवस्थित गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा बास्तुपूजा गरी गृह प्रवेश गरे।
भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिए।
महिलाले नेतृत्व गरेको एकमात्र वडा भएर पनि १४ नं वडा अरु वडाभन्द सक्रिय देखिएको छ।
कोभिड–१९ नियन्त्रणमा पनि सो वडाको टिम प्रभावकारी ढंगले खटेको थियो।
पुजा सहित प्रसाद ग्रहण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
