ओलीको यो सरकार जति रहन्छ जनताले त्यति नै बढी दुःख पाउँछन् : काँग्रेस नेतृ श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौ १० की महासमिति सदस्य यमुनादेवी श्रेष्ठले ओली सरकार टिकिरहनुमा काँगेस पनि दोषी भएको बताएकी छिन् । उनले काँग्रेसले समर्थन नगरेको भए सरकार पहिले नै ढलिसक्ने स्पष्ट पारिन्।

प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको काँग्रेसले सरकारका गलत गतिविधिबारे आवाज नउठाएको उनको बुझाई छ।

Advertisement

‘सरकारका काम कारवाहीको बारेमा कांग्रेस संसदमा र सडकमा आवाज उठाउन सकेको छैन, कांग्रेस सडकमा आए जनताले पनि साथ दिन्छन्’ उनले भनिन् ‘ यसो हेर्दा काँग्रेस नेतृत्व पनि सरकारसँग मिलेको जस्तो देखिन्छ, होइन भने सरकारले मनपरी गर्दा पनि काँग्रेस किन चुप लागेर बस्छ ? उनले आफ्नै पार्टीसँग प्रश्न गरिन् । सडकमा सही माग लिएर गएको कांग्रेसलाई जनताले पत्याउने पनि उनले बताइन्। नेकपाका जनप्रतिनिधि भएका जुनसुकै ठाउँमा पनि जनताले दुःख पाएको उनको आरोप छ।

‘सरकारको यस्तै रवैया भयो भने धेरै जनता मर्छन्, नेकपा त अब सकिन्छ नै उनीहरुले देश नै वर्वाद पारेका छन्, यो जिम्मा कसले लिने ?’ उनले फेरि प्रश्न उठाइन् ‘ अब कहिलेसम्म हामीले उनीहरुको दुव्र्यवहार र तानाशाही व्यवहार सहेर बस्नुपर्ने हो ? कम्युनिष्ट सरकार इतिहासकै अलोकप्रिय भएको र लोकतन्त्र, प्रजातन्त्र तथा मौलिक हकमा समेत हमला गरेको उनको आरोप छ।

‘न उनीहरु आफू काम गर्छन् न त गर्छु भन्नेलाई नै वातावरण बनाइदिन्छन्, सामान्य गरी खानसमेत पाइएको छैन यसको अर्थ जनतामाथिको अन्याया नै हो’ उनले थपिन् ‘ यो सरकारलाई एकछिन पनि राख्नुहुन्न, दलाल सरकार तुरुन्त राजीनामा दे ।’ उनले केही दिनअघि तनहुँमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारको समेत भत्सर्ना गरेकी छिन् ।

संविधानले वाक स्वतन्त्रताको व्यवस्था गरेको भए पनि एउटा जिम्मेवार पार्टीको नेतालाई यस्तो गर्ने प्रशसनले अरु सामान्यलाई के गर्ला भनेर आक्रोश पोखिन् ।

उनले स्थानीय तहका नेकपाका प्रतिनिधिहरुमा भ्रष्ट मानसिकता भएको आरोप लगाइन् । जनआन्दोलनकी घाइतेसमेत रहेकी उनले तीनवटै तहको सरकारले जनताको हक अधिकार खोसेको दाबी गरिन् । दोस्रो जनआन्दोलनमा कलंकीमा नेतृत्व गरेकी उनी वर्षौसम्म ओछ्यान परेकी थिइन् । उनले शरीर अझै पनि राम्रोसँग नचलेको बताइन् ।

उनले सरकारको काम कारवाहीप्रति जनता वाक्क भइसकेको सुनाइन् । ‘कोरोनाका कारण खान लाउन पीडितलाई राहत बाँड्दा पनि नेकपाले उनलाई अवरोध गरेको थियो ।

उनले भनिन् ‘स्थानीय सरकार भनेर मात्र हुँदैन, जबसम्म जनताले राहत पाउन सक्दैनन्, कुनै दिन जनता अवश्य पनि यो प्रणालीको नै विरोधमा लाग्छन् ।’

नेपाली काँग्रेसको राजनीतिमा वाल्यकालदेखि नै लागेकी उनले सरकार तानाशाही बन्दै गएको आरोप लगाइन्। उनले जनतालाई पनि सडकमा आएर कम्युनिष्ट सरकारको प्रवृत्तिविरुद्ध एकजुट हुन आग्रह गरेकी छिन्।

More News last news
Loading...