सरकारले ल्याउने नै भयो कोरोनाविरुद्धको खोप, शुरुमा २० प्रतिशतलाई मात्रै दिइने

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको छ। खोप ल्याउने तयारी भएको र शुरुमा देशको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने जनाइएको छ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन लागिएको हो।

Advertisement

खोप ल्याउनका लागि ८ वटा उपसमिति समेत बनाइएको र डब्लुएचओ, गाभी र सेपी नामक तीन संगठनको कोभ्याक्स सुविधा नामक संयन्त्र अन्र्तगत सहुलियत दरमा खोप ल्याइने बताए।

तर, कुन खोप ल्याउने निश्चित भइनसकेको बताए। उनले भने, ‘अझै खोप परीक्षणका क्रममा भएकाले कुन ल्याउने निश्चित भइसकेको छैन।’ खोपको अन्तिम चरणको परीक्षण सफल भएपछि ल्याउने जानकारी दिए।

कोभ्याक्स सुविधा अन्तर्गतको खोप गरिब तथा कम आय भएका मुलुकलाई निःशुल्क प्रदान गरिनेछ । यही खोप नेपालले निःशुल्क ल्याउन लागेको हो ।

More News last news
Loading...