अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगार प्रबद्र्धनका लागि सबैको सहयोग आवश्यक

काठमाडौँ । २९ औं अन्तराट्रिय अपाङ्गता दिवसका अवसरमा “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता” भन्ने मूल नाराका साथ ललितपुरमा एक कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर उपमहानगरपालिकाकी उपप्रमुख गीता सत्यालज्युको प्रमुख आतिथ्यतामा रोजगार पसलको परिचय तथा प्रबद्र्धन गर्ने उद्धेश्यले अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ-संस्था, रोजगारदाता सरोकारवाला तथा अपाङ्गता भएका उद्यमीहरुसँग अन्तकृयात्मक कार्यक्रम आयोजना गरेको छ।

Advertisement

कार्यक्रम द लेप्रोसी मिशन नेपाल, राष्ट्रिय उद्योग बाणिज्य महासंघ तथा नेपाल अपाङ्ग महासंघको संयुक्त साझेदारीमा संचालनमा आएको रोजगार बिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर (FOUND) परियोजनाले आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यालले अपाङ्गता भएका ब्यक्तिहरुलाई व्यवसायीक शिक्षाको आवश्यकता रहेको, शहरमै पनि अपाङ्गता भएर बहिष्करणमा परेका ब्यक्तिहरु धेरै रहेको र उनीहरुका समस्या समाधानका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने र त्यसमा महानगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने कुरा बताए।

यसैगरी, रोजगारदाताको तर्फबाट नेपाल डेरी एसोसिएसनका कन्द्रीय महासचिव प्रल्लाद दाहालले अपाङ्गता भएकाहरुलाई ब्यक्तिहरुमा रोजगारदाताको आवश्यकता अनुसारको शिपको विकास गर्नसके उनीहरुले काममा स्थायित्वपाउन सक्ने कुरामा जोड दिए । राष्ट्रिय उद्योग बाणिज्य महासंघको तर्फबाट ईश्वर श्रेष्ठले परियोजनालाई महासंघले सक्दो सहयोग रहने बताए ।

उक्त कार्यक्रममा नेपाल अपाङ्गमा नव अधिकार केन्द्रका अध्यक्ष जगदिश अधिकारीले अपाङ्गता भएका ब्यक्तिहरुका रोजगार तथा स्वरोजगार संगै मानवअधिकारको पनि सुनिश्चितता गर्दै अगाडी बढ्नुपर्ने कुरा बताए।

अपाङ्गता भएकी महिला उद्यमी गंगा छन्त्यालले आफुले रोजगार बिहीन अपाङ्गताभएका धेरै साथीहरु निरास भएको देखेर उनीहरुलाई रोजगार प्रदान गर्न गार्मेन्ट ब्यवसाय संचालन गरेको र यसमा परियोजनाको सहयोग हुने आशा ब्यक्त गरिन्।

कार्यक्रममा एशोसियसन फर आईडिया नेपालका अध्यक्ष अमर तिमल्सिना, IL Center का शुक्रराज पौडेल, NRST का सुगम भट्टराई, ललितपुर महानगरपालिका ४ की महिला सदस्य एलिशा महर्जनले शुभकामना मन्तब्य राखेका थिए । फाउण्ड परियोजनाका निर्देशक चिरञ्जीवी शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममाउहाँले उपस्थित सबैलाई परियोजनाको तर्फबाट धन्यबाद ज्ञापन सहित सबैसँगै सहकार्य गरेर अगाडी बढ्न आह्वान गरे।

उक्त कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाटलाई ललितपुर क्लस्टरका मेनेजर शिवकुमार प्रधानले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए।

More News last news
Loading...