धापासीमा आयुर्वेद हेल्थ होमको तीनदिने निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौं । आयुर्वेद हेल्थ होम प्रा.लि. ले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा. व्योम कोइराला, तथा डाक्टरहरु डा. रुमी तण्डुकार, डा. सबिना खड्का, डा. ऋषी कोइरालाले स्वास्थ्य परीक्षण गर्ने शिविर शुक्रबार, शनिबार र आइतबार तीनदिन धापासी हाइटमा हुँदै छ।

Advertisement

स्वास्थ्य शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेष डाक्टरसँग परामर्श लिन पाउनेछन्।

त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन्। स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोडि दिइने बताइएको छ।

यसैगरी, शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वस्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।

More News last news
Loading...