काठमाडौँ उपत्यकामा मात्रै ८ सय २२ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३७९ महिला र ४४३ पुरुष रहेका छन्।

Advertisement

मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालभर थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

More News last news
Loading...