कास्कीको मजुवारदेखि तनहुँको एकलेखेत जोड्ने झोलुङ्गेपुल निर्माण शुरु

कविराज खनाल

पोखरा । पोखरा महानगरपालिका-३२ को मजुवा, कास्की र शुक्लागण्डकी नगरपालिका-२, एकलेखेत, तनहुँलाई जोड्ने झोलुङ्गेपुल निर्माण हुने भएको छ ।

Advertisement

मसिना खोला (कोत्रेखोला) द्धारको मुख माथि बन्न लागेको उक्त झोलुङ्गे पुलको बुधवार एक कार्यक्रमका विच माननिय गण्डकी प्रदेश सदस्य आशा कोइरालाले बुधवार शिलन्यास गरिन् ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य कोइरालाले शुक्लागण्डकी र पोखरा महानगरपालिका जोड्ने पुलको निर्माण गर्न आफुले विगत १० वर्ष अघि देखि महत्वपुर्ण भुमिका निभाएको बताउदै निर्माण व्यवसायीलाई स्थानीय सवैले काम गर्ने वातावरण मिलाइ दिन आग्रह गर्दै, पुललाई आउजाउका रुपमा मात्रा प्रयोग नगरेर उत्पादन आयात निर्यातसँग जोड्नु पर्ने, कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलता मार्फत बजारीकरण गर्दै पुल निर्माणले समृद्धिको यात्रामा सहयोग पुर्याउने बताइन्।

मसिना खोला झोलुङ्गे पुल निर्माण सहयोग समितिका अध्यक्ष चक्रवहादुर ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गाना, शुक्लागण्डकी नगरपालिका-२, का वडा अध्यक्ष जगतवहादुर गुरुङ्ग, पोखरा महानगरपालिका-३२, की वडा सदस्य सुनमाया नेपाली, परिष्कार निमार्ण समितिका ठेकेदार रमेश भण्डारी, शुक्लागण्डकी नगरपालिका नागरिक समाजका खेमराज खनाल लगायतले बोलेका थिए ।

प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय पुर्वाधार विकास निर्देशनालय पुर्वाधार विकास कार्यालय तनहुँ गण्डकी प्रदेशको आयोजनमा ४४ मिटर लम्वाई, १.६ मिटर चौडाई भएको झोलुङ्गे पुल १३ लाख १३ हजार आठ सय ९८ रुपैयाको लागतमा निमार्ण हुने झोलुङ्गे पुलको आगामी २०७८ असार मसान्त सम्ममा निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मसिना खोला झोलुङ्गे पुल निर्माणले पोखरा महानगरपालिका वडा नंं –३२, का वस्ती मजुवा, छुची, तल्लोगगनगौडा र शुक्लागण्डकी नगरपालिका वडा नंं १ र २ का एकले खेत तार्कुडाँडा, भङगारा, मकनपुर, भुजीकोट र थप्रेकका वासिन्दालाई जोड्ने पुल १०० मिटर अग्लो हुने छ ।

More News last news
Loading...