नेपालमा १० हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं । देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म देशभर रहेका १६ हजार ६३९ जना संक्रिय संक्रमितमध्ये १० हजार १८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको हो।

Advertisement

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय २५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १२४७, प्रदेश २ मा २७७, लुम्बिनी प्रदेशमा २८४, सुदूरपश्चिम प्रदेशमा २२६, गण्डकी प्रदेशमा ६२० र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...