नेपालमा आज मात्रै १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका मध्ये थप १ हजार ९ सय ८० जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ।

त्यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन्। मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षणहरु गरिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ।

More News last news
Loading...