शुक्रबार एकैदिन ५ हजारभन्दा धेरैले जिते कोरोना

काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन्।

Advertisement

यस्तै, गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन्। १० हजार तीन सय ४० जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएको हो।

योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ। अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन्।

यसैगरी, गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ।

More News last news
Loading...