काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गरेकी छन् ।
कोरोना भाइरसको औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले औषधि तेस्रो संसोधन अध्यादेश, २०७७ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जनाएका छन् ।
अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
