काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन महाशाखाले यूट्यूव भिडियो पनि निर्माण गरेको छ।
उक्त भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू अभियान्ता योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिनुभएको छ भने सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ।
उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माको रहेको छ।
भिडियो मेट्रो ट्राफिक एफ.एम ९५.५ मेघाहर्जको यूट्यूव च्यानल https://youtu.be/RmfawCXBoqE मा हेर्न सकिन्छ ।
आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ।
त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ।
अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
