काठमाडौँ । नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ।
पछिल्लो २४ घन्टामा देशभर एक हजार ९१३ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ९७३ जना रहेका छन्। जसमध्ये काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।
योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ पुगेको छ।
थप २,३४९ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।
थप १५ को मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण देशभर १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ।
८७ जना भेन्टिलेटरमा
हाल देशभर नौ हजार ७७ जना संस्थागत ‘आइसोलेसन’मा छन् भने २९ हजार ३८४ जना होम आइसोलेसनमा छन्।
देशभर ३७३ जना संक्रमित आईसीयूमा र ८७ जना भेन्टिलेटरमा उपचाररत् छन्।
पछिल्लो २४ घन्टामा १० हजार २२ जनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
